यथाअवस्थामा निर्वाचन हुँदैन: अध्यक्ष यादव

Upendra-Yadavकाठमाडौ, १८ वैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा यादवले निर्वाचन आयोगमा दल दर्ता गर्नु लोकतन्त्रमा नियमित प्रक्रिया भएकाले आफूहरुले पनि दल दर्ता गराउने बताए । ‘दल दर्ता गर्दैमा यथास्थितिमा निर्वाचन हुन सक्दैन,’ उनले भने ।
उनले आफूहरु चुनावको विरोधी नभएको उल्लेख गरे । ‘निर्वाचनलाई ईन्कार गर्न सकिदैन,’ अध्यक्ष यादवले भने, ‘निर्वाचन लोकतन्त्रको आयाम हो ।’
नेकपा–माओवादीका सचिव देब गुरुङले दल दर्ता र नवीकरणको अभियानलाई आफूहरुको विरोध गर्ने बताए । उनले आफूहरुले आयोगमा दल दर्ता नगर्ने उल्लेख गरे ।
‘यथास्थितिमा पेलेर निर्वाचन गर्न खोजे नेकपा–माओवादीले विरोध गर्ने छ,’ उनले भने ।

प्रतिक्रिया