‘राष्ट्र निर्माणमा मजदुरको योगदान निर्णयक’

Puspakamal-Dahalकाठमाडौं, १८ वैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई औद्योगीकिकरण गरी नेपाली जनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनु पर्ने बताएका छन् ।
श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर दाहालले परिवर्तका लागि मुलुक भित्र र बाहिरका श्रमजीवी नेपाली मजदूरहरुको योगदान निर्णायक रहने बताए । उनले भने, ‘समतामूलक राष्ट्र निर्माणका लागि मजदूरहरुको अधिकार सुनिश्चित हुनुपर्ने कुरामा हामी स्पष्ट छौं ।’
अध्यक्ष दाहालले नेपालको गणतान्त्रिक तथा समाजवादी आन्दोलनमा नेपालका श्रमजीवी मजदूहरुले पुर्‍याएको युगान्तकारी योगदानहरुको स्मरण समेत गरेका छन् ।

प्रतिक्रिया