माओवादीसहित ११ दलले दर्ता नगर्ने

काठमाडौं : निर्वाचन आयोगमा नयाँ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला भएकै दिन नेकपा–माओवादीसहित आन्दोलनरत ११ दलले १ चैतमा राष्ट्रपतिद्वारा जारी अध्यादेश खारेज नभएसम्म दल दर्तालगायत निर्वाचन प्रक्रिया बहिष्कार गर्ने निर्णय गरेका छन् ।
माओवादीको बुद्धनगरस्थित कार्यालयमा बसेको संयुक्त बैठकले अध्यादेश बदर नभएसम्म ११ दलमध्येका कुनै पनि दलले दल दर्ता नगर्ने निर्णय गरेका हुन् । उनीहरूले दल दर्ता गर्ने कार्यक्रम अविलम्ब बन्द गर्न माग गर्दै आयोगको दल दर्ता गर्ने कार्यक्रमको पनि विरोध गर्ने जनाएका छन् ।

प्रतिक्रिया