महसुसको फस्टलुक्स सार्वजनिक

Tarunisकाठमाडौं : श्रीमान् निर्देशन गरेर चर्चा कमाएका नवल नेपालको अर्को चलचित्र ‘महसुस’ तयार भएको छ । मंगलबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रममा चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । कार्यक्रममा निर्देशक नवलले आफूले कुनै नौलो र पृथक् कथा चलचित्रमा प्रस्तुत गर्न खोजेको नभई समसामयिक विषयमा गहिरो तथा मन छुने विषय वस्तु दिन खोजेको बताए ।
समय जसलाई कसैले रोक्न सक्दैन । यही समयको परिधिमा हामी सबै मानव चलायमान रहन्छाँै । हामीले समयलाई आºनो नियन्त्रणमा राख्न खोज्दा हारबाहेक अरू केही हात लाग्दैन, त्यसपछि हामीबाट भूल भएको महसुस हुन्छ भन्ने विषयवस्तुलाई कथाका रूपमा उठाइएको छ, चलचित्र महसुसमा ।
आर्यन सिक्देल, नीर शाह, केकी अधिकारी, बेनिसा हमाल, हिउँवाला गौतम, रश्मि भट्ट, रवीन्द्र खड्का र अप्सरा घिमिरेका साथमा मिथिला शर्माको चलचित्रमा मुख्य भूमिकामा अभिनय छ । चलचित्रमा कथा तथा कार्यकारी निर्माण कल्याण घिमिरेको छ ।
। सास क्रियसन प्रालिको प्रस्तुति र दर्शन नेपालको सहभागितामा निर्माण भएको चलचित्रका निर्माता रञ्जु प्रधान हुन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, बद्री लामिछानेको सम्पादन, सुरेश अधिकारी, दिनेश सुवेदीको गीत र सुरेश अधिकारीको संगीत छ भने गीतमा पाश्र्व गायन राजेशपायल राई, राज सिक्देल, दुर्गा परियार र श्रुति सिंहले गरेका छन् । आगामी साउनमा प्रदर्शनमा ल्याइने तयारी भइरहेको यस चलचित्र श्रीमान् चलचित्रजस्तै उत्कृष्ट निर्माण गरेको दाबी निर्माण पक्षको छ । (सौस)

प्रतिक्रिया