अस्थिरताका कारण मानव अधिकार उल्लंघन

kedar nath upadhayaबिराटनगर, १७ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राजनीतिक अस्थिरताका कारण मानव अधिकार हनन्का घटनामा बृद्धि भएको बताएका छन् ।
बिराटनगरमा आज आयोजित कार्यक्रममा उपाध्यायले मुलुकमा दिगो शान्ति स्थापना अनिर्वाय रहेको बताए । ‘दिगो शान्ति स्थापना नभएसम्म मानव अधिकारको अवस्थामा सुधार आउँन सक्दैन,’ उनले भने ।
उनले राजनीतिक दल र नेताहरुलाई मानवअधिकारको रक्षाका लागि पनि उचित ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया