गोठमा आगो लाग्दा १८ पशुचौपाया जले

Rolpaरोल्पा, १७ वैशाख । रोल्पाको लिवाङ–३, सिबाङस्थित गाईगोठमा आगलागी हुँदा १८ पशुचौपाया जलेर मरेका छन् ।
घरदेखि करिब आधा घण्टाको समय लाग्ने दूरीमा रहेको कालुराम घर्तीमगरको गाईगोठमा सोमवार राति एक्कासि आगो लाग्दा गोठमा रहेका ५ वटा गोरु, ४ वटा गाई र ९ वटा खसी–बाख्रा जलेर मरेको परिवारले जनाएका छन् । घर गाउँदेखि टाढा रहेको र रातको समयमा आगो लागेकाले गोठमा रहेका सम्पुर्ण चौपायालगायत अन्य सामानहरु जलेको बताइएको छ ।
आगलागीबाट करिब दुई लाख बराबरको क्षति भएको घर्तीले बताए । आगलागी कसले र के कारणले लगाएको भन्ने अझै नखुलेको प्रहरी निरीक्षक सरोज पौडेल बताए ।

प्रतिक्रिया