कोठा नम्वर एक सय दुईमा पर्यटकको शव

Paradaig-Hotelसौराहा, १७ वैशाख । चितवनको पर्यटकीय नगर सौराहामा एक जना पर्यटकको रहस्यमय मृत्यू भएको छ ।
सौराहास्थित होटल चितवन प्याराडाइजको कोठा नम्बर १०२ मा सोमबार राति सुतेका सिंगापुरका नागरिक ५५ बर्षीय वि. ह्वाह्याङको मृत्यू भएको प्रहरीले जनाएको छ ।
वैशाख–१५ गते चितवन आएको २३ जनाको समूहसँगै उनी आएका हुन् ।
उनको मुखवाट रगत आएको अबस्थामा शव भेटिएको प्रहरी चौकी बछ्यौलीका प्रहरी नायब निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । उनको मृत्यू पछिसँगै रहेका १ जना बिदेशी नागरिक र नेपाली गाईडलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया