प्राइम कलेज र माइक्रोसफ्टबीच सहकार्य

काठमाडौं : नयाँबजारस्थित प्राइम कलेजले विद्यार्थीलाई सूचनाप्रविधिसम्बन्धी जानकारी गराउन माइक्रोसफ्ट इनोभेसन सेन्टरसँग सहकार्य गर्ने भएको छ ।
कलेजले सूचनाप्रविधिसम्बन्धी सहकार्यका लागि सेन्टरसँग सोमबार सम्झौता गरेको छ । कलेजका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र सेन्टरका एलेन बैलोचन तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीलाई सूचनाप्रविधिबारे जानकारी गराउन सहकार्य गरिएको कलेजका प्रिन्सिपल श्रेष्ठले जानकारी गराए । शैक्षिक र सूचनाप्रविधिबीचको खाडल देखिएकाले सेन्टरसँग सहकार्य गरिएको उनले बताए । ‘अहिले सूचना प्रविधिविना विद्यार्थी बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले विद्यार्थीलाई सूचनाप्रति जानकारी गराउन सेन्टरसँग सहकार्य गरिएको हो ।’
सेन्टरले कक्षा ११ र १२ तथा स्नातक तहका विद्यार्थीलाई सूचनाप्रविधिसम्बन्धी तालिम दिने सहमतिपत्रमा उल्लेख छ । (सौस)

प्रतिक्रिया