सञ्चारलाई समावेशी बनाउन सरकार प्रतिवद्ध

काठमाडौं, १६ वैशाख । सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।
मधेस पत्रकार संघसँग सोमवार सञ्चार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पौडेलले सरकारले समानुपातिक तथा समावेशी नीति अख्तियार गरेको बताए । उनले सरकारका सम्पूर्ण सञ्चारमाध्यम समावेशी बनाउने प्रतिवद्धता जनाए ।
‘हामीले समावेशीको नीति अख्तियार गर्न लागेका छौं,’ उनले भने, ‘आजको आजै नहोला तर हामी त्यसलाई कार्यान्वयन गराउने पक्षमा छौं ।’
श्रमजीवी पत्रकार ऐन छिट्टै लागू हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाई छ ।

प्रतिक्रिया