सार्वजनिक जग्गा मिचेर घर

काठमाडौं : भक्तपुर जिल्ला विकास समितिका एक प्राविधिकले कार्यालय प्रमुखको आदेशविपरीत सार्वजनिक जग्गा मिचेर निजी घर निर्माण गरेको खुलेको छ ।
भक्तपुरकै छालिङ–३ का गणेश थापाले १० फुटे बाटो मिचेर चारकोठे घर निर्माण गरेको स्थानीयवासीले बताएका छन् । स्थानीयका अनुसार थापाले त्यसरी घर बनाएपछि एलडिओ राजेन्द्रकुमार थापाले स्थलगत निरीक्षणको निर्देशन दिएका थिए । एलडिओको निर्देशन मातहतका कर्मचारीबाटै कार्यान्वयन नभएपछि थापाले घरको अर्को तला थप्ने तयारी गरेका छन् । थापाले सार्वजनिक जग्गा मिची घर बनाएको भेटिएपछि स्थानीय रामबहादुर थापाले जिविसमा उजुरी दिएका थिए । (सौस)

प्रतिक्रिया