सामूहिक बलात्कार गर्ने ५ जना पक्राउ

Balatkarबाँके, १५ वैशाख । बाँके जिल्लामा एलिना तामाङ (नाम परिवर्तन)लाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
कोहलपुर–३, फूलबारीस्थित लक्ष्मण बुढाको घरमा आज विहान साढे एक बजे ५ जनाले तामाङलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । सोलुखुम्बु सल्लेरी­८ घर भएकी २६ बर्षीया तामाङ कालीकोटमा रहेकी फुपु भेटेर फर्कने क्रममा बलात्कारको शिकार भएकी हुन् । उनको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वास्थ्य परीक्षण समेत गरिएको छ ।
पक्राउ पर्नेमा जुम्ला जिल्ला महत­२ घर भएका १७ बर्षीय बिवश थापा, २५ बर्षीय नरबहादुर रावल, सिंहचौर–९ घर भएका २४ बर्षीय गणेश सार्की, २८ बर्षीय सूर्य नेपाली र सुर्खेत जिल्ला साटाखानी–४ घर भएका २१ बर्षीय अनिल बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया