दाङ, १५ वैशाख । तिर्थयात्रु बोकेको वस आईतवार दाङमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा २० जना वढि तिर्थयात्रु घाईते भएका छन् ।
प्युठानको स्वर्गद्धारीवाट तिर्थालु लिएर हापुर फर्किदै गरेको ना ४ ख ४७८५ नम्वरको बस घोराही–१, सर्रामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हापुर–७ का ‘गोठे’ भनिने एक युवकको मृत्यु भएको छ । तिव्र गतिमा रहेको बस अनियन्त्रित भई सानो घुम्तिमा पल्टिएको हो । दुर्घटनामा पर्ने सबै हापुर–७, गणेशपुरका हुन् ।
प्रतिक्रिया