एमालेको पोलिटब्युरो बैठक स्थगित

UML 1काठमाडौं, १५ वैशाख । एमालेको पोलिटब्युरो बैठक पुन: स्थगित भएको छ । यस अघि पनि बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।
पार्टी मुख्यालय बल्खुमा आजका लागि बोलाईएको बैठक आन्तरिक तयारी नपगेको भन्दै स्थगित भएको एक सदस्यले जानकारी दिए ।
बैठकमा चुनावी रणनीति र पार्टीमा मनोनयनलगायतका विषयमा निर्णय गर्ने कार्यक्रम रहेको एक सदस्यले जानकारी दिए । बैठक सोमबार पुन: बोलाईएको छ ।

प्रतिक्रिया