कांग्रेसको मुख्यसचिवमा श्रेष्ठ

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्यसचिवमा चिनकाजी श्रेष्ठ नियुक्त भएका छन् । पार्टी सभापति सुशील कोइरालाले वसन्तकुमार गौतमको राजीनामा स्वीकृत गरि शनिबार श्रेष्ठलाई मुख्य सचिवमा नियुक्त गरेका हुन् ।

महासमिति सदस्य रहेका श्रेष्ठ कांग्रेसको गोरखा जिल्ला सभापति भइसकेका छन् । उनी प्रतिनिधिसभा सदस्य र अर्थ–राज्यमन्त्रीसमेत बनेका थिए । श्रेष्ठ महासमिति सदस्यसमेत हुन् ।
त्रिचन्द्र क्याम्पसका भौतिक शास्त्रका सहप्राध्यापकबाट अवकास लिएपछि गौतमलाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको नवौं महाधिवेशनपछि मुख्य सचिवमा नियुक्त गरेका थिए । २०५४ साउनदेखि २०६२ माघसम्म पहिलोपटक मुख्यसचिव बनेका उनी २०६७ मंसिरदेखि दोस्रोपटक केन्द्रीय कार्यालयको मुख्य सचिव बनेका थिए ।

प्रतिक्रिया