स्वयंसेविका पुरस्कृत

दाङ : सिसहनिया–२ की नागेश्वरी चौधरी गाउँघरमा स्वास्थ्य शिक्षाबारे जानकारी दिँदै हिँडेको वर्षाैं भइसक्यो । आफ्नो कामको कदर भएपछि बिहीबार उनको मुहारमा कान्ति छायो । उत्कृष्ट महिला स्वस्थ्य स्वयंसेविका घोषित भएर पुरस्कार थापेपछि अहिले उनी मख्ख छिन् ।
वर्षभरको कामको मूल्यांकन गर्दै चौधरीलाई सिसहनिया स्वास्थ्य चौकीले सम्मान गरेको हो । ‘गाउँ डुलेर सुत्केरीलाई अस्पताल लैजान सल्लाह दिने गरेकी छु,’ उनले भनिन्, ‘पहिलाभन्दा अहिले धेरै परिवर्तन आइसक्यो ।’ चौधरीसँगै लक्ष्मी शर्मा र सीता चौधरी पनि पुरस्कृत भएका छन् । सिसहनिया स्वास्थ्य चौकीले वर्षभर उत्कृष्ट सेवा पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । (सौस)

प्रतिक्रिया