राजमार्गमा हुने अवरोधमा सरकारले कडाई गर्ने

काठमाडौं, १४ बैशाख । विभिन्न बहानामा राजमार्गमा हुने अवरोध रोक्न सरकार कडाईका साथ प्रस्तुत हुने भएको छ । यसका लागि सरकारले कडा नीति ल्याउने भएको छ ।

राजमार्गमा सवारी चालकमाथ आक्रमण र सवारी साधनमाथिको तोडफोड तथा आगजनीका साथै सडक अवरुद्ध गर्ने प्रवृद्धि विरुद्ध सरकारले कडा नीति ल्याउन लागेको हो । यातायात व्यवसायीहरुले सवारी दुर्घटनापछि चालक र सवारीसाधनमाथि आक्रमण्ँ बढ्दै गएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न सरकारलाई पटकपटक माग राख्दै आएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री छवीलाल पन्तले सरकारले सवारी साधन तथा चालकको सुरक्षा व्यबस्था गर्ने भन्दै यातायात व्यवसायीहरु निश्चिन्त हुन आग्रह गरे । हाल यातायात Ôेत्रमा करिब रु ६५ अर्ब लगानी रहेको जनाइएको छ । नौ हजार २०० किलोमिटर कच्ची सडक र ६ हजार ३०४ किमि कालोपत्रे सडकमा हाल करिब नौ लाख २४ हजार सवारीसाधन सञ्चालनमा आइरहेको यातायात व्यवस्था विभागको तथ्याङक रहेको छ ।

प्रतिक्रिया