भारत भ्रमण आर्थिक एजेण्डामा केन्द्रीत: दाहाल

Puspakamal-Dahalवीरगञ्ज, १४ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भारतीय पक्षसंग नेपालको विकासका बारेमा आफुले महत्वका साथ प्रस्ताव राख्ने बताएका हुन् । उनले नेपालमा रेलवे सेवा विस्तार, सडक र जलविद्युतमा लगानी गर्न भारतसंग आग्रह गर्ने बताए । आगामी संविधान सभा निर्वाचमा आफु मधेशबाटै चुनाव लड्ने उल्लेख गर्दै दाहालले भने, ‘मधेशी जनताको पक्षमा माओवादी सधैं लड्छ ।’
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको मुद्धाबाट पार्टी पछाडी नहट्ने अध्यक्ष दाहालले स्पष्ट पारे ।
अध्यक्ष दाहाल आजै उच्चस्तरीय भ्रमणमा भारत जाँदै छन् ।

प्रतिक्रिया