ग्ल्यामर नभएका गायिका पछि पर्छन्

काठमाडौं : दुर्गा खरेल अहिले चलेका गायिकामध्येकी एक हुन् । पछिल्लो समय पाश्र्वगायन होस् या कलेक्सन एल्बम, चारैतिर उनी छाएकी छन् । ०६२ मा सुरु भएको उनको गायनमा प्रतिभा खोज्ने रियालिटी सो नेपाली तारामा सहभागीका रूपमा उनी टप ६ सम्म आउन सफलसमेत भइन् । त्यसपछि राजु सिंहको संगीत र कालीप्रसाद रिजालको शब्द रहेको ‘घरमा पनि एक्लै वनमा पनि एक्लै…’ बोलको गीतबाट खरेलले गायनको औपचारिक रूपमा सुरुआत गरेकी हुन् ।
aaसफल गायिका बन्ने उद्देश्यले ०५९ मा गाउँबाट काठमाडौं छिरेकी खरेल गायनमा आफूलाई स्थापित गर्न चाहन्थिन् । यही लक्ष्य प्राप्तिका लागि उनले अनुराग संगीत विद्यालयमा छ वर्षको सांगीतिक कोर्ससमेत गरेकी छन् । दुई सयभन्दा माथि संख्याका फुटकर गीतमा समेत स्वर भरेकी खरेलको पहिलो सोलो एल्बम भने दिल हो, जुन उनले ०६६ मा बजारमा ल्याएकी थिइन् । विशेषत: सबै प्रकारका गीतसंगीतलाई स्वरले सिँगार्दै आएकी उनी आफूलाई भर्सटाइल गायक भनाउन सबै प्रकारका गीतमा आवाज दिएको बताउँछिन् छु ।
पछिल्लो समय गायिकाहरू पनि ग्ल्यामरमा निकै आगाडि देखिन थालका छन् । तीमध्येकी एक पनि हुन् खरेल । उनका पहिन होस् या हाउभाउ कुनै चलेका मोडका भन्दाकम देख्न पाइन्न । नाम लिस्ट नै तयार गर्ने हो भने खरेल पनि अग्रपंक्तिमा आउँछिन् । के गायिकाहरू पछिल्लो समय स्वरभन्दा ग्ल्यामरमा बढी जोड दिन थालेका हुन् ? गायिकामा स्वर भएर मात्र पुग्दैन आर्कषण चाहिन्छ । खरेलले भनिन्, अचेल एल्बमभन्दा पनि गायकगायिकाको बाँच्ने आधार भनेको स्टेज कार्यक्रम हो । स्वरका साथै स्टेजमा पनि आफूलाई जति आकर्षक देखाउन सक्यो, त्यति नै यस्ता कार्यक्रममा बिक्न सकिन्छ । अचेल ग्ल्यामर पछाडि रहेका गायिका स्वर भए पनि पछि पर्ने अवस्था रहेको उनले खुलाइन् । त्यसो त गायिका खरेल आफ्नै एल्बमकै गीतका म्युजिक भिडियोमा पनि आफैँले मोडलिङ गर्ने गरेकी पनि छिन् । एक त मोडको खर्च पनि बचत हुने, अर्काे स्रोताले गायिका चिन्ने अवसर प्राप्त मोडलिङ गर्दाको दोहोरो फाइदा उनले सुनाइन् ।a
गायनमा लागेर आफूले गुमाउनुभन्दा पनि धेरै पाएको बताउने यी गायिकाको जोवनमा पनि भर्खर बैँस फक्रिएको छ । त्यसैले अचेल उनको ध्यान विवाहतिर पनि रहन्छ होला नि ? प्रश्न चुहाउन नपाउँदै उतर फर्काइन्, ‘अहिले लगन जुरेको जस्तो लागेको छैन । जहिले जुर्छ, त्यहिले अलमल केही नगरी विवाह गर्छु । त्यसो त उनका मनमा अचेल आफ्ना लागि वरको चाहना नभएको भने होइन । ह्यानसम, माया गर्न जान्ने र आफ्नो म्युजिकल फिल्डभन्दा बाहिरका केटाको खोजीमा छु,’ उनले आफ्नो मनमा रहेको वरप्रतिको चाहना ओकलिन् ।
हाफ फ्रक र वान पिसमा आफू सबैभन्दा धेरै सेक्सी देखिने बताउने खरेल आफ्नै शरीरका प्राय: सबै अंग राम्रो लाग्ने बताउँछिन् । भन्छिन्, तीमध्ये पनि मेरो आँखा सबैभन्दा विशेष छ । यसले सबैलाई लोभ्याउँछ । सेक्सप्रति नर्मल सोचाइकी यी गायिकाले सेक्सलाई जीवन चलाउने र सन्तान उत्पादन गर्ने एउटा माध्यमका रूपमा हेर्ने गरेकी छन् । विवाहपछाडिकै सेक्स उचित हुने उनको धारणा छ । तर, विवाहअगाडि उनलाई सेक्स प्रस्तावै आएका छैनन् त ? फ्यानबाट सेक्सका प्रस्ताव आउने गरेका छन् । उनले भनिन्, ‘यस्ता प्रस्ताव राख्ने फ्यानलाई विवाह जोसँग हुन्छ, त्यही सँगमात्र सेक्स सम्बन्ध राख्छु भन्ने जवाफ फर्काउँदै आएकी छु ।
‘देशमा राम्रो नीतिनियम भइदिएको भए कलाकार आर्थिक रूपमा मर्ने थिएनन्’ उनले भनिन्, ‘अहिले राम्रा र दक्ष कलाकारले शिर ठाडो बनाएर बाँच्नसक्ने अवस्था छैन ।’ अहिलेसम्म गीत/संगीतकै सहयोगले जीविकोपार्जन चलेको बताउने उनीे गीत/संगीतको क्षेत्रमा बेइमानी बढ्दै गएपछि पछिल्लो समय त्यो अवस्था नरहेको बताउँछिन् । कलाकार पलायन हुनुमा राज्यको संरक्षण नीतिको अभाव भएको बताउने यी गायिकाको पछिल्लो समय यसक्षेत्रमा केही असन्तुष्टि बढेको छ । (सौस)

प्रतिक्रिया