धमाधम हतियार प्रहरीलाई बुझाउदै

Hatiyarदेउखुरी (दाङ) १३ वैशाख । घरमा लुकाएर राखेका अनुमित पत्र भएका वा नभएका सबै हातहतियार सर्वसाधारणहरुले प्रहरीलाई बुझाउन थालेका छन् ।
ईलाका प्रहरी कार्यालय लमहीले वैशाख १८ गते भित्र अवैध तथा वैध हातहतियार बुझाउन जारी गरेको सार्वजनिक सूचना अनुसार अहिले प्रहरी कार्यालयमै पुगेर हतियार वुझाउनेको संख्या वढ्न थालेको छ । संविधान सभाको निर्वाचनमा हतियारको दुरुपयोग हुन सक्ने आशंकामा प्रहरीले सर्वसाधारलाई घरमा राखेका सबै हतियार बुझाउन सूचना जारी गरेको थियो । अहिलेसम्म ८ वटा भरुवा वन्दुक र पाँच नाल गोली संकलन गरिएको ईलाका प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले जानकारी दिए । ‘सुचना जारी भएपछी अहिले धमाधम हतियार वुझाउन आउदैछन्’ ईलाका प्रहरी कार्यालय प्रमुख नेपालले भने–‘ सार्वजनीक रुपमा जारी गरिएको समयभित्र हतियार नबुझाउनेलाई कानुन बमोजिम कारवाही हुन्छ ।’

प्रतिक्रिया