गायिका मनु लिम्बूको कोरियन पार्लर ओपनिङ

काठमाडौं : गायिका मनु लिम्बूको कोरियन सेलुन बिहीबार ज्ञानेश्वरमा ओपनिङ गरिएको छ । हास्यकलाकार विल्सनविक्रम राई, गायक कमल क्षेत्री, अभिनेता विजय लामा, मोडल आसिका तामाङलगायतले सेलुन ओपनिङ गरेका थिए । करिब २० लाखको लगानीमा ओपनिङ गरिएको सेलुनमा विशेष गरेर कोरियन स्टाइलका हेयर डिजाइन गरिने सेलुनकी सञ्चालक तथा गायिका मनुले बताइन् । प्राय: कलाकारको हेयर कटिङ गर्ने मनुले साइडको बिजनेसका लागि मात्र पार्लर गरेको बताइन् । उनले आफू गायन क्षेत्रमा टिकिरहनका लागि पनि अन्य व्यावसाय अपनाउन परेको दुखेसो पोखिन् । गायिका लिम्बूको केही समयअगाडि मन्द–मन्द नामक एल्बम बजारमा आएको थियो । (सौस)

प्रतिक्रिया