‘राजनीतिक संयन्त्रको निर्देशनमा सरकार चल्दैन’

mallikkkकाठमाडौ, १२ बैशाख । उच्च राजनीतिक संयन्त्रको निर्देशनमा सरकार सञ्चालन भईरहको आरोप लागिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले भने सरकार कसैको दवावमा परेर काम नगर्ने स्पष्ट पारेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री मल्लिकले चार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्देशन मान्न सरकार बाध्य नभएको प्रष्ट पारे । ‘देशमा ऐन, कानुन र प्रक्रिया छ, त्यसै अनुसार सरकारले काम गर्छ । कसैको कुरा सुन्दैन, उनले भने, ‘सरकारले आफै स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने हो । कसैसँग सल्लाह गरेर काम गर्ने होईन ।’
निर्वाचन बारे केही प्राविधिक काम गर्न बाँकी रहेकोले मिति घोषणामा ढिलाई भएको मन्त्री मल्लिकको स्पष्टोक्ति थियो । उनले निर्वाचनको मिति घोषणा गर्न केही काम अझै बाँकी रहेकाले सबै काम पुरा नभई मिति घोषणा नहुने बताए ।

प्रतिक्रिया