योजना आयोगका पदाधिकारीको राजीनामा स्वीकृत

singकाठमाडौं, १२ बैशाख । सरकारले राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको राजीनामा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीसहित सदस्यहरु जनकराज शाह, शिवकुमार राई र अब्दुल रहिम मिकरानीको राजीनामा स्वीकृत गरेको हो । अघिल्लो सरकारका पालामा आयोगमा नियुक्त गरिएका उनीहरुले केहि दिन अघि राजीनामा दिएका थिए । नयाँ सरकार गठनसंगै पूर्ववर्ती सरकारले नियुक्त गरेका पदाधिकारीहरुले राजीनामा दिनुपर्ने प्रचलन रहेपनि सरकार गठन भएको लामो समयपछि मात्र आयोग पदाधिकारीहरुले राजीनामा दिएका थिए । सरकारले योजना आयोगको आवश्यकतालाई महसुस नगरि एकलौटी अगाडि बढेको आरोप लगाउँदै उपाध्यक्ष क्षेत्रीसहितका पदाधिकारीहरुले सरकारलाई बाटो खुला गरिदिएको बताएका थिए ।
यस्तै मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्यसचिवमा रामहरि लामिछानेलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया