गहुँ उत्पादन घट्ने

कैलाली: यो वर्ष कैलालीमा गहुँ उत्पादन घट्ने भएको छ । गहुँखेतीका लागि आवश्यकताभन्दा बढी मात्रामा पानी परेकाले गहुँ उत्पादन घट्ने भएको हो ।

जिल्ला कृषि विकास कार्यालय कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादन १५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । गहुँ छर्कने र दाना लाग्ने समयमा मात्राभन्दा बढी पानी परेकाले गहुँ उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय कैलालीका बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठीले जानकारी दिए ।
गत वर्ष जिल्ला भर ३५ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा ७७ हजार मेट्रिक टन उत्पादन भएको उनले बताए । कैलालीमा यस वर्ष ३५ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको बताइएको छ ।
कृषि प्राविधिक र किसानको भनाइअनुसार १५ प्रतिशत गहुँ उत्पादन घट्ने बताउादै बाली विकास अधिकृत त्रिपाठीले भने, ‘सबै किसानले गहुा भित्रयाएपछि आधिकारिक तथ्याङ्क आउनेछ ।’

प्रतिक्रिया