देउवा निवासमा सरकारी वार्ताटोली

काठमाडौं, १२ वैशाख । सरकारी वार्ताटोलीले कांग्रस वरिष्ठ नेता शेरबहादुर देउवासँग संविधानसभा चुनावका विषयमा छलफल गरेको छ ।

बुढानीलकण्ठस्थित देउवा निवासमा बुधबार चुनावको मिति घोषणाका साथै असन्तुष्ट राजनीतिक दलहरूको माग सम्बोधनबारे छलफल भएको हो । सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र वार्ताटोलीका अर्का सदस्य स्वास्थ्यमन्त्री विद्याधर मल्लिक बुधबार बिहान देउवानिवास पुगेका थिए ।
सरकारी वार्ताटोलीका सदस्यले असन्तुष्ट दलका मागबारे देउवालाई जानकारी गराएको स्रोतले जनाएको छ । देउवाले संविधानसभा चुनावको विकल्प नरहेको स्पष्ट पार्दै असन्तुष्ट दलहरूलाई समेत सहमतिमा ल्याएर चुनावी वातावरण तयार गर्न सरकारलाई सुझाव दिएका थिए । उनले संविधानसभा चुनाव सम्पन्न गर्नका लागि कांग्रेसले सरकारलाई पूरा सहयोग गर्ने आश्वासन वार्ताटोलीलाई दिएका थिए ।

प्रतिक्रिया