सहमतिपछि मात्रै चुनावको मिति

काठमाडौं : सरकारले राजनीतिक दलहरूबीचको सहमतिपछि मात्र संविधानसभा चुनावको मिति घोषणा गर्ने भएको छ । चुनावको मिति घोषणामा अन्योल कायम रहेका बेला अन्तरिम चुनावी मन्त्रिपरिषद्का एक मन्त्रीले यस्तो बताएका हुन् । राजनीतिक साझा सहमति जुटाएर चाँडै चुनावको मिति घोषणा गरिने गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको भनाइ छ ।
लोकतन्त्र दिवसको अवसरमा बुधबार गोकर्णमा आयोजित कार्यक्रममा मन्त्री घिमिरेले चुनावको मिति घोषणा गरिनुअघि असन्तुष्ट दलहरूसित वार्ता गरी चुनावका लागि सहमति जुटाइने जानकारी दिए । ‘राजनीतिक दल नै लोकतन्त्रका प्रमुख अंग भएकाले दलीय सहमतिविना यो सरकारले कुनै कदम चाल्दैन,’ उनले भने ।

प्रतिक्रिया