‘तालमेल’ शीर्ष नेताको व्यक्तिगत भाषण मात्रै

Krishna-Sitaulaकाठमाडौं, ११ वैशाख । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा ‘तालमेल’ गर्ने विषयमा पार्टीमा आन्तरिक कुराकानी समेत नभएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा सिटौलाले शीर्ष नेताहरुले ‘तालमेल’का विषयमा दिएको भाषण उनीहरुको व्यक्तिगत भएको बताए । ‘गठबन्धनको विषयमा छलफल भएकै छैन,’ उनले भने, ‘कांग्रेस ‘तालमेल’ गर्ने रणनीतिमा पुगेको पनि छैन । कांग्रेसले लोकतान्त्रिक शक्तिको अगुवाई भने गर्छ ।’
सभापति सुशील कोइरालाले लोकतान्त्रिक शक्तिहरुवीच चुनावी तालमेल गर्ने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला महामन्त्री सिटौलालो सो विषयको खण्डन गरेका हुन् ।
उनले कांग्रेसका शीर्ष नेताहरु कोही पनि समानुपातिक उम्मेद्वारमा नबस्ने बताए । ‘सबै शीर्ष नेताहरु निर्वाचनमा प्रत्यक्ष तर्फबाट उठ्ने निश्चित प्राय: भएको छ,’ सिटौंलाले भने । उनले उम्मेद्वार चयनका लागि सर्वसम्मत ढंगले संसदीय बोर्डको गठन गर्ने दावी पनि गरे ।

प्रतिक्रिया