नेकपा–माओवादीविना पनि निर्वाचन हुन्छ

Vijaya gachhedar 3विराटनगर, ११ वैशाख । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले नेकपा–माओवादी निर्वाचन प्रक्रियामा सहभागी नभए पनि चुनाव हुने बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै गच्छेदारले कुनै एकदलका कारण मुलुक बन्धक हुन नसक्ने बताए । ‘नेकपा–माओवादी निर्वाचनमा नआए पनि चुनाव हुन्छ,’ उनले भने, ‘यद्यपि पहिला निर्वाचनका लागि नेकपा–माओवादीलाई आह्वान गर्छौ ।’
नेकपा–माओवादीलाई लोकतन्त्र र गणतन्त्रमा विश्वास छ भने निर्वाचनमा भाग लिनुपर्ने अध्यक्ष गच्छेदारको भनाई थियो । वर्तमान सरकार राजनीतिक दलका जायज माग सम्बोधन गर्न तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया