वस दुर्घटनामा दुई जनाको मृत्यु/२० घाइते

Dadeldhura Districtधनगढी, ११ वैशाख । डडेल्धुरा जिल्लामा यात्रु बाहक वस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २० यात्रु घाईते भएका छन् ।
कैलालीको टीकापुरबाट अछामको जयगढ तर्फ जाँदै गरेको ना १ ख ३६०९ नम्वरको वस आज विहान करिव दुई बजे डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–१, सल्लाघारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अछाम जिल्ला भागेश्वर–७ का ४० वर्षीय रमेश बोहरा र कैलाली जिल्ला टीकापुर नगरपालिका–११ की अन्दाजी ३५ वर्षीया हेमा बोहरा रहेका छन् । घाइते मध्ये १७ जनाको टीम अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । बाँकी ३ जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।
गम्भीर घाइते हुनेमा कैलाली टीकापुर–९ का प्रेम दास तथा अछाम बैला–८ का दानसिंह विष्ट र बिन्दाबासिनी–१ की नन्दा खड्का छन् ।

प्रतिक्रिया