पाकिस्तानी दूतावासद्वारा निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

काठमाडौं, ११ वैशाख । पाकिस्तानी दूतावासले निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । मंगलबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अर्सदसाउद खोसले नगद र प्रमाणपत्र वितरण गरेका हुन् ।

निबन्ध लेखन प्रतियोगिता–२०१३ मा प्रथम हुने कान्जिरोवा नेसनल हाइस्कुलकी सिन्धुसुधा पराजुलीलाई २५ हजार रुपियाँ, दोस्रो हुने सेन्ट जेभियर स्कुलका कौशल प्रजापतिलाई १५ हजार र तेस्रो हुने युनिभर्सल कजेल मैतिदेवीका विद्यार्थीलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सहभागी अन्य दश विद्यर्थाीलाई जनही तीन हजारका दरले पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीका अभिभावक पनि सहभागी थिए ।

प्रतिक्रिया