महिला–पुरुष आपत्तिजनक अवस्थामा फेला

Sexकाठमाडौं, १० वैशाख । प्रहरीले काठमाडौंको गंगबुस्थित विभिन्न होटल तथा लजमा छापामारेर केही महिला तथा पुरुषलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।
सोमबार राति महानगरीय प्रहरी प्रभाग गंगबुले विभिन्न लज तथा होटलहरुमा छापामारेको जनाएको छ । गंगबु क्षेत्रका होटेल तथा लजमा यौनकार्य हुँदै गरेको सूचना पाएलगत्तै प्रहरीले छापा मारेको थियो ।
लज तथा होटेलहरु चेकजाँचका क्रममा शंकास्पद अवस्थामा रहेका ८ महिला र ३ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ । यस अघि पनि प्रहरीले विभिन्न समयमा यौन कार्यमा संलग्न महिला तथा पुरुषलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया