करेन्ट लागेर विद्युतको कर्मचारीको मृत्यू

rukumरुकुम, १० वैशाख । करेन्ट लागेर रुकुममा आज एक जनाको मृत्यू भएको छ । रुकुमकोट गाविस वडा नं. ६ का ३६ वर्षीय श्रीकुमार मल्लको करेन्ट लागेर मृत्यू भएको हो । छिप्रिदह स्थित विद्युत मुख्य लाइनको ट्रान्सफर्मर चेक गर्ने क्रममा मल्ललाई करेन्ट लागेको वताइएको छ । ट्रान्सफर्मर चेक गर्दै गर्दा करेन्ट लागेपछि उनी जमिनमा पछारिएर वेहोस भएका थिए । वेहोस अवस्थामा रहेका मल्ललाई उपचारका लागी स्थानीय मेडिकलमा लैजादै गर्दा मृत्यू भएको प्रहरीले जनाएको छ । उनी रुकुमेली विद्युत उर्जा विकास उपभोक्ता समिति अन्तरगत रुकुमकोट यूनिटका कर्मचारी हुन् ।

प्रतिक्रिया