लोकतान्त्रिक शक्तिसँग तालमेल हुन्छ: कोइराला

Sushil-Koiralaबाँके, १० वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभा निर्वाचनमा लोकतान्त्रिक शक्तिसँग तामेल गरिने दोहर्‍याएका छन् ।
गृह जिल्ला बाँकेमा आज सञ्चारकर्मीसँग कुरागर्दै सभपाति कोइरालाले चुनावमा कांग्रेसले केही क्षेत्रहरुमा मत्रै तालमेल गर्ने तयारी गरेको बताए । ‘लोकतान्त्रिक संविधानका लागि चुनावमा कांग्रेस विजयी हुनुपर्छ,’ उनले भने, ‘कांग्रेसको बहुमत नआउँदा नयाँ संविधान बन्न सकेन ।’
उनले केन्द्रमा कसैसँग चुनावी गठबन्धन नबनाउने बताए । ‘केही क्षेत्रमा भने तालमेल हुनसक्छ,’ उनले भने, ‘त्यस विषयमा केन्द्रीय कार्यसमितिमा छलफल हुन्छ ।’
उता, धनुषामा कांग्रेस नेता शेरबहादुर देउवाले मंसिरमा हुने चुनावको तयारी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आफू निर्वाचनको तयारीमा जुटेको बताए ।
उनले लोकतन्त्रलाई संस्थागत गराउन चुनाव अनिर्वाय भएको बताए ।

प्रतिक्रिया