कटुवा पेस्तोल सहित दुई युवा पक्राउ

pestolउदयपुर, १० वैशाख । उदयपुर जिल्लामा एक थान नलकटुवा पेस्तोल र गोलीसहित दुई युवा पक्राउ परेका छन् ।
सोमबार कटारी–४, ताराघारीस्थित पसलबाट पेस्तोलसहित स्थानीय २६ बर्षीय कमल परियार र २३ बर्षीय संघर्ष श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय कटारीका निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
पसलमा श्रेष्ठले हतियार छोडेको सूचना पाएलगत्तै प्रहरीले परियार र श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले भारतको माडरबाट आफ्नै सुरक्षाका लागि ३ हजार भारतीय रुपियाँमा पेस्तोल खरिद गरेको बयान दिएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया