बाबुलाई पेस्तोल ताक्ने पक्राउ

विराटनगर : बाबुलाई पेस्तोल ताक्ने दुई अभियुक्तलाई प्रहरीले मोरङको पथरीबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार राति अमेरिकन रिभल्वरसहित उनीहरूलाई पक्राउ गरेको हो । बुबालाई पेस्तोलबाट गोली प्रहार गर्न लागेका पथरी–५ आइतबारेका २९ वर्षीय लक्ष्मीबहादुर घिसिङ र लक्ष्मी भेनालाई लोड गरिएको रिभल्वरसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय पथरीबाट गएको टोलीले घिसिङलाई घरबाट पक्राउ गरको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी आवश्यक अनुन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए । घिसिङ वैदेशिक रोजगारबाट एक दिनअघि मात्रै घर आएका हुन् । आइतबार बेलुकी भेना र तामाङले बुबा दोर्जबहादुर घिसिङलाई निर्घात कुटपिट गर्नुका साथै रिभल्वर देखाएर मार्न खोजेका थिए । बुबा दोर्जबहादुर भागेर कान्छी छोरीको घरमा बसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया