ठोक्सिला स्वास्थ्य कार्यालयमा आगलागी

Udayapur Districtउदयपुर, ९ वैशाख । उदयपुर जिल्लास्थित इलाका स्वास्थ्य कार्यालय, ठोक्सिलामा आगलागी भएको छ ।
रामपुर ठोक्सिला–२ मा रहेको कार्यालयमा आज विहान करिव पौने नौं बजे आगलागी भएको हो । भवन भित्रै रहेको मट्टितेलबाट चल्ने फ्रिजको ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कोठा भित्र रहेका औषधि, ल्यावका सामान एवं कागजपत्रहरु जलेर नष्ट भएका छन् । आगलागीबाट करिव ५ लाख बराबरको क्षति भएको छ ।
यता, दाङको उरहरी–२, कचेलीमा शिव योगीको दुइतले खरले छाएको कच्ची घरमा आगलागी भएको छ । आइतबार राति भएको आगलागीबाट करिव १ लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया