अध्यक्ष रेग्मीद्वारा सैनिक मुख्यालयको भ्रमण

Nepali-Senaकाठमाडौं, ९ वैशाख । मन्त्रिपरिष्दका अध्यक्ष खिलराज रेग्मीले नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको आज भ्रमण गरेका छन् ।
दिउँसो जंगी अड्डा पुगेका अध्यक्ष रेग्मीसहितको टोलीलाई प्रधानसेनापति गौरव शम्शेर जबराले सेनाको गतिविधि र अन्य विविध विषयमा जानकारी गराएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति जबराले स्रोत, साधनयुक्त सेनाले मात्र राष्ट्रिय उद्देश्य प्राप्त गर्न सक्ने बताए । उनले सेनाको समयानुकुल परिमार्जनका लागि दीर्घकालीन योजना जरुरी रहेको जानकारी थिए ।
अधयक्ष रेग्मीले नेपालको सार्वभौमिकता रक्षार्थ राष्ट्रको स्थायी स्तम्भको रुपमा रहि आएको संगठनलाई सुविधा सम्पन्न बनाउने आश्वासन समेत दिए ।
गृह तथा परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरे, अर्थमन्त्री शंकर कोइराला, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लीलामणि पौडेल, रक्षा सचिव तिलकराम शर्मा पनि भ्रमणका लागि सैनिक मुख्यालय पुगेका थिए ।

प्रतिक्रिया