सिमेन्टका कारण स्वास्थ्य उच्च जोखिममा

Ghorahi Cimentदेउखुरी, ९ वैशाख । दाङको घोराहीस्थित ट्राफिक चोकदेखि खानी उत्खनन् क्षेत्र काभ्रे–५, तापासम्म सिमेन्ट उद्योगले बाटो मर्मत र ग्रावेल गर्ने प्रतिवद्धता जनाए पछि अवरुद्ध काम सुचारु भएको छ ।
घोराही सिमेन्टले करिव ३५ किलोमिटर सडक तत्काल ग्रावेल गर्ने सहमति जनाए पछि स्थानीयले १२ दिन देखि रोक्दै आएको चुन ढुङ्गा उत्खनन कार्य आज देखि सुरु हुन दिएका हुन् । स्थानीय प्रशासनको पहलमा सम्बन्धित पक्षवीच सहमति भएको हो ।
खानी क्षेत्रवाट कच्चा पदार्थ बोक्ने दैनिक करिव डेढ सय ट्रिपर सोही कच्ची सडक हुँदै ओहोर दोहोर गर्छन् । सिमेन्ट उद्योग र उत्खनन् कार्यका कारण काभ्रे र आसपासका स्थानीयले उच्च वातावरणीय र स्वास्थ्य समस्या भोग्दै आएका छन् ।
धुलोका कारण सडक आसपास र खानी उत्खनन् क्षेत्रका वस्ती जोखिममा परेको स्थानीयको गुनासो छ ।
सिमेन्ट उद्योगका लागि आवस्यक पर्ने कच्च पदार्थ चुन ढुङ्गा उत्खनन्का लागि काभ्रे–५, तापामा सैयौं रोपनी जग्गा खरिद गरिएको छ । विगत दुई वर्ष देखि उत्खनन् समेत हुँदै आएको छ ।

प्रतिक्रिया