नेपाल कम्युनिष्ट पार्टी ६४ औं वर्ष प्रवेश

maobadiकाठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको आज ६३ वर्ष पूरा भएको छ । ६३ वर्ष पुरा गरेर ६४ औं वर्ष प्रवेशका अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।
विश्व कम्युनिष्ट नेता लेनिनको जन्मदिनका अवसरमा सन् १९४९ अप्रिल २२ तारिख अर्थात विक्रम सम्वत २००६ साल वैशाख–१० गते कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सोही दिनको स्मरणमा हरेक बर्ष आजका दिन कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै आएका छन् ।
पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट आन्दोलन एकजुट भएको थियो । श्रेष्ठका साथै नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलासले कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । संस्थापक मध्ये हाल नरबहादुर कर्माचार्य मात्रै जीवित छन् ।

प्रतिक्रिया