चलचित्र बोर्डर बन्ने

काठमाडौं : नेपाल–भरातको आन्तरिक सम्बन्धका विषयमा चलचित्र निर्माण हुने भएको छ । जे.एस.फिल्मस प्रा.लि.ले निर्माण गर्न लागेको चलचित्र बोर्डरमा यी विषय समेटिने भएको छ । चलचित्रमा नेपाल र भारतबीचका सदियौँदेखिको सम्बन्धलाई पर्दामा उतारिने निर्माणपक्षले जानकारी गराएको छ । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने यो चलचित्रमा दुवै देशका चिनिएका कलाकारको अभिनय रहनेछ ।
चलचित्रलाई सञ्जयबाबु ढकालले निर्माण गर्न लागेका हुन् । ढकालले यसअगाडि प्रेमकथामा आधारित ‘माया नमार’ चलचित्र निर्माण गरेका थिए । नेपाल–भारतका सम्बन्धसम्बन्धी ज्ञाताहरूसँग छलफल गरेर चलचित्रको विषयवस्तुको निष्कर्षमा पुगिने निर्माता ढकालले जानकारी गराए । चलचित्रले दुई देशबीचको भ्रमलाई चिर्नेे निर्माता ढकालले विश्वस्त लिएका छन् । (सौस)

प्रतिक्रिया