शिक्षाका लागि विश्वव्यापी सप्ताह सुरु

काठमाडौं : शिक्षाका लागि विश्वव्यापी साप्ताहिक अभियान नेपालमा आइतबार सुरु भएको छ ।
विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गरी उनीहरूलाई विद्यालय ल्याउने उद्देश्यका साथ अभियान सञ्चालन भएको हो । १५ वैशाखसम्म चल्ने अभियानमा ४३ जिल्लाका एक लाख विद्यार्थी तथा शिक्षकसँग अन्तरक्रिया गरिनेछ । अभियानमा बालबालिकाको शिक्षकप्रतिको भावना तथा चाहना संकलन गरिनेछ ।
शिक्षाका लागि विश्वव्यापी अभियान नेपाल (एनसिई)का अध्यक्ष विके श्रेष्ठले कक्षा दोहोर्‍याउने तथा विद्यालय छाड्ने समस्या र प्रतिबद्ध शिक्षकको अभाव रहेकाले अभियान सञ्चालन गरिएको बताए । (सौस)

प्रतिक्रिया