निर्वाचन सम्बन्धि काम रोक्न चेतावनी

Elecatation-Commisionकाठमाडौं, ८ वैशाख । नेकपा–माओवादीसहितका आन्दोलनरत ३३ दलहरुले मतदाता नामावली संकलनको कामलाई तत्काल रोक्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय पुगेका ३३ दलका प्रतिनिधिले निर्वाचन सम्बन्धि काम तत्काल रोक्न माग गरेर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले तत्काल मतदाता नामावली संकलनको कार्यक्रमलाई नरोके समस्या आउने चेतानी समेत दिए । यथाअवस्थामा निर्वाचन हुन नसक्ने उनीहरुको भनाई छ ।
ज्ञापन पत्र बुझाए पछि पत्रकारसँग कुरागर्दै नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आयोगले सुरु गरेको मतदाता नामावली र अन्य कार्यहरु तत्काल बन्द गनुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएको जानकारी दिए । ‘मतदाता नामावली संकनको काम नरोकिए मुडभेड हुने छ,’ उनले चेतावनी दिए ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन सम्बन्धि कुनै पनि कार्यक्रम नरोकिने बताए । उनले आफूहरु निर्वाचनको तयारीमा लागेको भन्दै आयोगको काममा अवरोध नगर्न आग्रह गरे ।

प्रतिक्रिया