दुर्घटनामा तीन यात्रुको मृत्यु/२० जना घाईते

kapilbastuकपिलबस्तु, ८ वैशाख । कपिलबस्तुमा आज भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा करिव २० यात्रु घाईते भएका छन् ।
पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ७३९८ नम्बरको बस शिवपुर–७, उमरी चोकमा सडक छेउमा रोकिराखेको ना ४ ख ५१६८ नम्बरको ट्रकसँग ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा नेपाली सेनाका जवान २७ वर्षीय राजन राई, दाङ पिपरीकी ३० वर्षीया बिनाकुमारी चौधरी र बाँकेका जेनेस रायको मृत्यु भएको हो । घाईतेको बुटवलमा उपचार भईरहेको छ ।

प्रतिक्रिया