नेपाल बैंक यु–१५ फुटबलमा सुक्रितको ह्याट्रिक

काठमाडौं : राजधानीमा जारी नेपाल बैंक जुनियर यु–१५ फुटबल प्रतियोगितामा शनिवार समाज कल्याण खेलकुद केन्द्रले पाँचधारा टिमलाई ३–२ ले पराजित गरेको छ । समाज कल्याणका लागि सुक्रित मगरले ह्याट्रिक गरे । उनले ४०, ५५ र ७०औँ मिनेटमा गोल गरे । सुरज तामाङले ३५औँ मिनेटमा गोल गरेपछि सुरुआती अग्रता लिएको पाँचधाराका टेकबहादुर रानाले ५९औँ मिनेटमा गोल गरेर खेललाई २–२ को बराबरीमा ल्याइपुर्‍याए पनि सुक्रित ह्याट्रिक पूरा गर्नबाट रोकिएनन । शनिबार नै भएको अर्को खेलमा त्रिरत्न आवासीय माविले बागबजार युथ क्लबलाई सडन डेथमा ८–७ ले हरायो । निर्धारित समयको खेल १–१ ले बराबरी भएको थियो । अन्य खेलमा गरुडा स्पोर्टस युवा क्लब र चिबहाल युथ क्लब विजयी भए । गरुडाले युवा सुधार समाजलाई २–० ले हरायो भने चिबहाल, सानो भर्‍याङ युथ क्लबविरुद्ध ३–० ले विजयी भयो । (सौस)

प्रतिक्रिया