असन्तुष्ट ३३ दलले सरकारसंग बार्ता नगर्ने

mohan-baidhya-ji-1काठमाडौं, ७ बैशाख । संविधान सभा निर्वाचनप्रति असहमती जनाउँदै आएका बैद्य नेतृत्वको नेकपा माओवादी सहितका ३३ दलहरुले सरकारसंग बार्ता नगर्ने स्पष्ट पारेका छन् ।
माओवादी कार्यालयमा आज बसेको असन्तुष्ट ३३ दलहरुको संयुक्त बैठकले आफुहरुको मागलाई वेबास्ता गर्दै मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया सुरु गरेको भन्दै चौथो चरणको आन्दोलनको घोषणा गरेका हुन् । बैठकले मतदाता नामावली संकलन र नागरिकता वितरण कार्यक्रम तत्काल स्थगित गर्न माग गर्दै भोली प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
यस्तै बिराटगरमा पारवहन नियमन गर्ने बाहनामा भारतले अबैध रुपमा कार्यालय खोलेको आरोप लगाउदै ३३ दलको बैठकले कार्यालय हटाउन माग गरेको छ । यसका लागि बैसाख १६ गते भारतीय दूतावासमा जुलुससहित ज्ञापनपत्र बुझाउने निर्णय भएको माओवादी प्रवक्ता पम्भा भुसालले जानकारी दिईन् ।

प्रतिक्रिया