भट्टराईको अभिव्यक्ति झुटको खेती : गच्छदार

imageबिरगञ्ज, ७ बैशाख । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले राष्ट्रपतिले ४ पल्ट ‘कु’को षड्यन्त्र गरेको भन्ने पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति झुटको खेती भएको बताएका छन् ।
बिरगन्जमा आज मधेशी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छेदारले राष्ट्रपति यादव आफनो पदीय मर्यादाप्रति सचेत रहेको दावी गर्र्दै भट्टराईको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताए । भट्टराई नेतृत्वको पुर्ववर्ती सरकारको एक प्रमुख घटक मधेशी मोर्चाका नेता गच्छेदारले राष्ट्रपतिलाई विवादमा ल्याउने खालका अभिव्यक्ति नदिन समेत अन्य दलहरुलाई आग्रह गरे ।
बर्तमान राजनीतिक निकासका लागि चुनाव एक मात्र विकल्प भएकोमा जोड दिदै गच्छेदारले मंसिरमा कुनै पनि हालतमा चुनाव भएरै छाडने जिकिर गरे । उनले चुनावको मिति घोषणा गर्न सरकारसंग माग गरे । उच्चस्तरीय राजनीतिक संयन्त्र खारेज गर्नु पर्ने केहि दलको माग लोकतन्त्र विरोधी रहेको भन्दै संयन्त्र खारेज नहुने गच्छदारले दावी गरे ।

प्रतिक्रिया