छ वर्षीया बालिकाको सामूहिक बलात्कार

balatkarतनहुँ, ६ वैशाख । तनहुँ जिल्लामा ६ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ ।
बिहीबार बेलुका देवघाट–२ की ६ बर्षीया कमला गुरुङ (नाम परिवर्तन) लाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगमा प्रहरीले देवघाट–२ का १६ बर्षीय दीपक गुरुङ, १२ बर्षीय सुमन श्रेष्ठसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पीडित बालिकालाई उपचारका लागि मेडिकल कलेज चितवन पठाएको छ । ज्यानमार्ने धम्की दिएर बलात्कार गरेको पीडित परिवारको भनाई छ ।

प्रतिक्रिया