मंसिरमा निर्वाचन नभए सरकारको आयू…..?

Rajendra-Mahatoसर्लाही, ५ वैशाख । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंसिर मसान्तसम्म निर्वाचन नभए सरकारको औचित्य समाप्त हुने बताएका छन् ।
गृह जिल्ला सर्लाहीको मलंगवामा आज आयोजित कार्यक्रममा अध्यक्ष महतोले भने, ‘खिलराज रेग्मी नेतृत्वको सरकारले मंसिर मसान्तसम्म निर्वाचन गराउन सकेन भने सरकारको आयु समाप्त हुन्छ ।’
उनले वर्तमान सरकारको एकमात्र कार्य भनेको निर्वाचन गराउने रहेको दोहराए ।
‘सरकार अबिलम्ब निर्वाचनको मिति घोषण गर्नुु पर्छ, निर्वाचन क्षेत्र तोक्नु पर्छ, मतदाता सूची तयार गर्नुपर्छ,’ उनले भने, ‘नागरिकताका लागि गाउँ गाउँमा टोली खटाउनु पर्छ ।’

प्रतिक्रिया