मोवाइलको चार्जर पड्किएर देउजा ठहरै

mobile
खोटाङ, ५ वैशाख । खोटाङ जिल्लाको चिउरीडाँडामा मोवाइलको चार्जर पड्किएर एक जनाको मृत्यु भएको छ ।
चार्जमा राखिएको मोवाइलको चार्जर पड्किँदा चिउरीडाँडा–३ का ३८ बर्षीय शम्भु देउजाको बुधबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेलुका आफ्नै घरमा मोवाइल चार्जमा राखेका देउजाको चार्जर पड्किए पछि घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया