गायिका रकम ठगीको आरोपमा पक्राउ

Srijana-Birahi-Thapaकाठमाडौं, ५ वैशाख । लोक तथा दोहरी गायिका सृजना ‘विहरी’ थापा ठगीको आरोपमा पक्राउ परेकी छन् ।
दुई/तीन जनाको समूहले सृजना विरुद्ध उजुरी दिए पछि उनलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिषर काठमाडौंका वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए । ‘ठगीको आरोपमा उजुरी परे पछि सृजना ‘विहरी’ थापालाई पक्राउ गरेका हौं,’ चन्दले भने, ‘सृजनालाई कारबाही हुन्छ ।’
गायिका सृजनाले ठगी गरेको रुपियाँ झण्डै पचास लाख रहेको प्रहरी स्रोतको भनाई छ । यद्यपि प्रहरी वरिष्ठ उपरीक्षक चन्दले रकमका बारेमा केही बताएनन् ।
उता, गायिका सृजनाका आफन्तले विनाप्रमाण प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् । उनीहरुले सृजनाको बद्नाम गराउन विरोधीले पक्राउ गराएको दाबी गरे ।

 

(केही समय अघि सौर्य दैनिकमा प्रकाशित उनको समाचार)

-सृजना ‘विरही’ थापा, लोक तथा दोहोरी गायिका

गायिका सृजना ‘विरही’ थापा चलेकी सर्जक र गायिका मध्येकी एक हुन् । यद्यपि, गीत/संगीतको क्षेत्रमा ठगी परम्परा मौलाए पछि उनी चार वर्ष हराउन पुगिन् । ०५५ बाट सांगीतिक क्षेत्रमा पवेश गरेकी उनी यस क्षेत्रमा प्राय: सबै पक्षबाट ठगिनपुगेका कारण केही समयका लागि यस क्षेत्रबाट आफू बाहिर रहेको बताउँदै आएकी छन् ।

मलाई यति हुन लेखेको,
नरोई सुख्ख के पाउँथे निरमाया,
उही दिनमा रुन लेखेको,
जानाजानी भिर माथि बसेर,
आज घाइते भाकी छु खसेर ।
थापाको यो चर्चित गीत हो । लोक तथा दोहोरी गीत/संगीतमा सुनौलो भविष्य देखेर शिक्षण पेसा छाडेर यसतर्फ हामफालेकी हुन् । तर दुई/तीन वर्षमै उनलाई म्युजिक कम्पनीले आजित तुल्याइदिए । म्युजिक कम्पनीहरूको हेपाहा र आर्थिक ठगीका कारण आफू केही समयका लागी यस क्षेत्रबाहिर रहेकी हुँ उनले भनिन् ।
चार वर्षको विश्राम पछि फेरि गीतसंगीतमा नै फर्किएकी थापा पुन: एल्बम् ल्याउने तयारीमा छिन् । अहिले आफ्नै लगानीमा नयाँ एल्बम् लिएर आउँदै छु उनले भनिन्, एल्बम्मा आफ्नो लगानी नहुने हो भने अहिले एल्बम निकाल्नै नसकिने उनले बुझेकी छन् ।
गीत आफू निकाल्न म्युजिक कम्पनीले खोसाखोस गर्थे । उनले विगत सम्झिइन् । भनिन्, ‘यतिबेला कलाकारको शोषण पनि हुन्थ्यो । कम्पनीले खोज्थे पनि । तर, अहिले लगानी आपैँm गर्दा पनि एल्बम् निकाल्ने कम्पनी पाउन गाह्रो ।’
१७/१८ वर्षको किशोरी उमेरदेखि रहरैरहरमा गीत/संगीतमा लागे पनि चर्चा कमाउन सफल उनि ‘म्युजिक कम्पनीहरूको ठगी गर्ने र हेपाहा प्रवृत्तिले सर्जकले दु:ख पाइरहेको सुनाउँछिन् । भन्छिन् ‘राम्रो गीत हुँदासमेत पाउनुपर्ने पैसा पाइँदैन ।’
सांगीतिक क्षेत्रका कारणले पाएको माया जीवनको सबैभन्दा ठूलो पुरस्कार ठान्ने यी गायिकाको एक गुनासो पनि छ । त्यो हो यसमा लागेर अध्ययन पूरागर्न पाइनँ । लोक तथा दोहरी गरी दुई सयभन्दा बढी गीत सिर्जना गरेकी थापासँग दजनौँ स्टेजकार्यक्रम गरेको अनुभव पनि छ ।
‘क्या राम्रो तानसेन बजार…’ बोलको गीतबाट स्रोतका माझमा चिनाएकी थापाले म्युजिक नेपाल अवार्ड–२०५९ को अवार्डसमेत यसै गीतबाट हासिल गरिन् । त्यसपछि उनलाई एल्बम् ‘बुलबुल तालको छेउको यसै बोलको गीतले चर्चाको शिखरमा पुर्‍यायो । झन् दोस्रो एल्बम् ‘वनको काफल वनकै चरीलाई….’ बजारमा आए पछि उनले लोक तथा दोहोरीको क्षेत्रमा पछाडि फर्केर हेर्नु परेन ।
लोक तथा दोहरीको सफलता पछि आधुनिकतर्फ पनि हात बढाएकी उनले आधुनिक गीतका एल्बम् निकाल्ने तयारीमा छन् । ‘रुनुको नि छुट्टै मजा…’ उनी आपैँmले लेखेको यो गीत बजारमा आउनु पूर्व नै सबैको नजरमा पर्न सफल भएको छ । यो गीत उनी आपैँmले लेखेकी हुन् । संगीत भर्ने जिम्मा बिबी अनुरागीले पाएका छन् । अर्को आधुनिक गीत ‘मलाई तिम्रो तस्बिरले झस्काई रहन्छ घरिघरी…’मा भने नारायण रायमाझीले संगीत दिएका छन् ।
‘देशमा राम्रो नीति नियम भइदिएको भए कलाकारहरू आर्थिक रूपमा मर्ने थिएनन्,’ उनले भनिन्, ‘अहिले राम्रा र दक्ष कलाकारले शिरठाडो बनाएर बाँच्नसक्ने अवस्था छैन ।’ अहिलेसम्म गीत/संगीतकै सहयोगले जीविकोपार्जन गरेको बताउने उनले गीत/संगीतको क्षेत्रमा बेइमानी बढ्दै गए पछि पछिल्लो समय यसबाट गाह्रो भएकोले अन्य व्यवसाय पनि थालेको बताइन् ।
‘केही म्युजिक कम्पनीले थोरै चक्का र सिडीमा सिग्नेचर गराएर अरू गीत कपी गरेर बेचिएको प्रमाणसमेत फेला परेको छ, थापाले यस्तो विषयमा मुद्दा मामिला गर्दा पनि आपैँm हार्ने उनको भनाई छ ।
सिआरबिटीको जति रकम आउँछ त्यो पूरै कलाकार र सर्जकले पाए केही राहत हुने बताएकी सृजनाले त्यसमा पनि ठगीमा पर्ने गरेको गुनासो गरिन् । एक पटकमा एउटा गीतको १२ रुपियाँ ४३ पैसा सिआरबिटी रकम काटिने गरे पनि टेलिकम र त्यसको ठेक्का लिएका कम्पनीले अनियमितता गरेर आफूलाई ठग्ने गरेको बताइन् । उनले भनिन्, ‘कलाकारले जम्मा एक रुपियाँ मात्रै पाउँछन् । बिचमा पैसा क–कसले खान्छ हामीलाई पनि थाहा हुँदैन । मर्कामा परेका छौँ ।’
‘आर्थिक, मानिसकलगायतको लगानी गरेर निकालिएका गीतमा रोयल्टी पाउनु पर्नेमा झ्न आपैँmले गीत बनाउन पनि पैसा पो दिनु पर्छ,’ उनको गुनासो छ, ‘आजकाल त विद्युतीय सञ्चारमाध्यमले समेत पैसा दिए पछि बजाउँछु अन्यथा तिम्रो गीत बजाउँदिन भन्ने गर्छन् ।’ सञ्चारमाध्यमले कलाकारको मर्म नबुझेको उनको भनाइ छ ।
पछिल्लो समय कलाकार पलायन हुनुमा राज्यमो संरक्षण नीतिको अभाव भएको बताउने उनीको कलाक्षेत्रमा पछिल्लो समयमा केही असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया