मजदुरमैत्री संविधान नबने पानी/विजुली ठप्प

Narnath-Luitelउदयपुर, ५ वैशाख । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) का केन्द्रीय अध्यक्ष नरनाथ लुईटेलले नयाँ संविधान मजदुरमैत्री हुनुपर्ने माग गरेका छन् ।
उदयपुरमा आज क्युपेक नेपालको अधिवेशन उद्घाटन गर्दै लुईटेलले मजदुर मैत्री संविधान निर्माण नभए आफूहरुले नयाँ संविधान नमान्ने चेतावनी दिए । उनले मजदुरको सामाजिक सुरक्षाको ज्ञारेण्टीसहित मजदुर मैत्री संविधान लेखिनुपर्ने दोर्‍याए ।
‘मजदुर अनपढ भएपनि देशका विभिन्न भौतिक संरचना निर्माण गर्न अगाडि भएको छन्,’ उनले भने, ‘राज्यको हरेक निकायमा मजदुरको सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ ।’

प्रतिक्रिया